पोखरामा सहरी विकासमा सामाजिक संस्थाको भूमिका विषयक अन्तरक्रिया

पाेखरा | पुस १०, २०७९

पोखरामा सहरी विकासमा सामाजिक संस्थाको भूमिका विषयक अन्तरक्रिया

पोखराः    पोखरामा सहरी विकासमा सामाजिक संस्थाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 


रोटरी क्लब अफ पोखरा न्युरोडले आयोजना गरेको कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सरकारका कानून,संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले सहरको विकासमा सामाजिक संस्थाको भूमिका महत्वपूर्ण रहेको बताए । उनले सामाजिक संस्थाले सरकारको कामकारबाही प्रति पैरवी गर्दै विकासका अवधारणाहरुलाई सुचारु गर्न सहयोग गरेको अभिव्यक्ति दिए । 


‘सहर विकासमा सामाजिक संस्थाको भूमिका महत्वपूर्ण छ । पूर्वाधार विकास देखि सामाजिक एवम् सांस्कृतिक विकासमा सामाजिक संस्थाहरुले उल्लेखनिय काम गरिरहेका छन् । सामाजिक संस्थाहरु पारदर्शी तरिकाले संचालन भई सरकारका कामकारबाहीहरुमा समेत सहयोग गर्ने हेतुले अगाडि बढ्नुपर्ने आवश्यकता आजको हो ।’, उनले भने । 


विकासको पथमा सामाजिक संस्थाहरु सँगै प्रदेश सरकार पनि रहेको भनाई उनको छ । प्रदेश सरकार पनि सामाजिक संस्थाहरुसँगै सहकार्य गरेर अगाडि बढिरहेको जानकारी उनले गराएका छन् । कतिपय सामाजिक संस्थाहरु काम भन्दा पनि कुरा बढी गर्ने खालको भएको उल्लेख गर्दै नियमन गरी कारबाहीको दायरामा पनि ल्याउनुपर्ने आवश्यकतालाई उनले औंल्याएका छन् । 


सामाजिक संस्था बिना विकास सम्भव नभएको बताउँदै पूर्वाधार सँगै सोचमा समेत परिवर्तन राखी अगाडि बढ्न उनको सुझाव छ । 


प्रतिनिधि सभा सांसद विद्या भट्टराईले सहर निर्माणमा सबै नागरिकको दायित्व बराबरी हुने बताइन् । उनले पोखराको विकास आजसम्म काठमाडौंलाई हेरेर गरिएको र अब आवश्यकता मौलिकताको रहेको उल्लेख गरिन् । 


‘सहरको विकासका हर नागरिकको जिम्मेबारी उत्तिकै हुन्छ । पोखराको विकास आजसम्म काठमाडौंलाई हेरेर गरिएको थियो । अब मौलिकताको खाँचो छ । भौतिक विकास देखि समावेशी विकासको अवधारणालाई आत्मसात् गर्दै अगाडि बढ्न सके मात्र समृद्धि हासिल गर्न सकिन्छ ।’, उनले भनिन् । 


पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले शंकरराज पाठक लगायतका व्यक्तित्वले पोखराको  संरचनाको विषयमा नसोचेको भए अहिलेको पोखरा नहुने बताए । उनले पोखराको विकासमा महानगर सामाजिक संस्थाहरुसँगै मिलेर काम गर्न तयार रहेको अभिव्यक्ति दिए । सांस्कृति, प्राकृतिक रुपमा पोखरा धनी भएता पनि प्रस्तुती राम्रो नहुँदा पोखरा पछाडी पर्नुपरेको भनाई उनको छ । जसका लागि सामाजिक संस्थाहरुले समेत पहलकदमी गर्न आवश्यक रहेको उनले बताए । 


पर्यटनविद कर्ण शाक्यले सहरको विकास पूर्वाधारले मात्र नहुने र सोचमा परिवर्तनको आवश्यकता रहेको प्रति इंकित गरे । पोखराको प्राकृतिक अवस्थाको बरण गर्दै शाक्यले हाम्रो  सोच्ने शैलीमा नै परिवर्तनको आवश्यकता रहेको उल्लेख गरे । सहरको गरिबको सोचका कारण विकासमा फितलोपन आएको अभिव्यक्ति उनको थियो । 


रोटरी क्लबका डिस्ट्रीक गर्भनर जितेन्द्र राज भण्डारीले रोटरी क्लब एक अन्तराष्ट्रिय संस्था भएको बताए । उनले क्लबले स्वास्थ्य र शिक्षाको क्षेत्रमा महत्वपूर्ण काम गरेको उल्लेख गरे । कार्यक्रम रोटरी क्लब अफ पोखरा न्यूरोडका अध्यक्ष गीता सिग्देलको अध्यक्षतामा भएको थियो भने स्वागत मन्तव्य पूर्व अध्यक्ष सुभाष सिग्देलले राखेका थिए । कार्यक्रममा सहभागीले पोखराको समग्र विकासका लागि प्रश्न एवम् सुझाव प्रस्तुत गरेका थिए । 

पोखरा:   प्रतिभा सुपर लिग क्रिकेटमा सेमीफाइनल समीकरण पूरा भएको छ ।   लिगको अन्तिम खेलमा शुक्रबार गुरुकुल विद्या सदनलाई पराजित गर्दै मदरल्याण्ड सेमीफाइनलमा प्रवेश गरेसँगै प्रतिभा सुपर लिग...

थप पढ्नुहोस्

चर्चित अभिनेता सुनिल थापाको निधन भएको छ।   उनको शनिबार बिहान काठमाडौं थापाथलिस्थित नर्भिक अस्पतालमा निधन भएको हो।   अचानक स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अस्पताल भर्ना गरिएका थ...

थप पढ्नुहोस्

पोखरा:    बुद्धटोल युवा क्लबले राष्ट्रिय फुटसल खेलाडी सुबेत लामालाई सम्मान गरेको छ ।   पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए सा...

थप पढ्नुहोस्